पश्नै–प्रश्न: चुनावका लागि परिचालित युवाहरुको उज्वल भविष्य निर्धारण गर्ने जिम्मेवारी तपाइहरुको होइन र ?
पाेखरा | मंसिर १, २०७९
पोखराः आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा मनोनयन दर्तापछि विभिन्न राजनैतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।
निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी आमसभा तथा प्रचारप्रसार गर्न अनुमति दिएसँगै राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी सभामा जुटिरहेका छन् ।
यसैक्रममा प्रस्तुत छ, कास्की रुपा गाउँपालिका निवासी सुमन सुवेदीले उम्मेदवारहरुलाई सुनगाभा न्यूजमार्फत सोधेको प्रश्नः
–उम्मेदवार ज्यू मतदाताको घरघरमा पुग्दा शिक्षित युवाहरु कति वैदेशिक रोजगारीमा पलायन भए, कति बेरोजगार छन् कुनै लेखाजोखा छ ?
–तपाइको क्षेत्रका कति विद्यार्थीले स्नातकोत्तर गरेपछि हाल के गरिरहेका छन् भन्ने तथ्याङ्क राख्नुभएको छ ?
-चुनावकै लागि परिचालित युवाहरुको उज्वल भविष्य निर्धारण गर्ने जिम्मेवारी तपाइहरुको होइन र ?
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार द...

